एजेन्सी– चिनियाँ टेक कम्पनी ह्वावेले चीनमा देखिएको कोरोना भाइरसको प्रकोप विरुद्ध लड्न आफ्नो फाईभ जी टेक्नोलोजी उपलब्ध गराउने भएको छ।
चीनमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्नेगरी चीन सरकारले द्रूत गतिमा अस्पताल निर्माण गरिरहेको छ र कम्पनीले सो अस्पतालका लागि आवश्यक पर्ने फाईभ जी प्रविधि उपलब्ध गराउने भएको हो।
कम्पनीले चीनको वुहान शहरमा निर्माण हुन लागेको अस्पताललाई आवश्यक हुनेगरि आफ्नो फाईभ जी टेक्नोलोजी जडान गरेको छ। ह्वावेले यसको लागि १५० जनाको वर्क फोर्स गठन गरेको छ।
सो समूहले केबल ३ दिनभित्रै आफ्नो फाईभ जी बेस स्टेशनहरु तयार पारेको थियो। हाल हुवेईका प्रमुख ३ अपरेटरहरुले सो निर्माणाधिन अस्पतालको नजिक आफ्नो फाईभ जी नेटवर्क शुरु गरिसकेका छन्।
सो फाईभ जी सेवाले अस्पताललाई उच्च गतिमा डाटा पहुँच, डाटा संकलन, रिमोट कन्सल्टेशन, रिमोट मनिटरिंग र अन्य सेवाहरु दिन सहयोग गर्ने कम्पनिले जनाएको छ।यसअघि अर्को टेक कम्पनी लेनोभोले पनि सो अस्पतालका लागि आवश्यक आईटी उपकरणहरु प्रदान गरेको थियो।