एजेन्सी – अष्ट्रेलियामा डडेलोको त्रास नसकिँदै फेरी अर्को समस्या आएको छ। हाल ‘फनेल वेब स्पाइडर’ नामक एक माकुराको माहामारीअष्ट्रेलियाको शहरहरुमा फैलिएको छ। यो किराले टोकेको १५ मिनेटमा नै मानिसको मृत्यु हुनेछ।
आगलागिका कारण जमिनमुनि लुकेका यो किराहरु वर्षाको कारण आएको बाढीले बगेर शहरतिर पुगेको छ। अष्ट्रेलियामा फनेल वेब स्पाइडरको ४० प्रजाती रहेको छन्। यो विश्वकै सबैभन्दा विषालु माकुरा हो।
सिडनी, न्यू साउथ वेल्समा यो किराको प्रकोप बढी फैलिएको छ। यो किराले टोकेको मानिसको मुखबाट फिज आउने, निकै दुख्ने, वाक वाक लाग्ने, रक्तचाप बढ्ने भएर १५ मिनेटमा ज्यान जान्छ।