एजेन्सी– अफ्रिकाको मालीमा बन्दुकधारीको आक्रमणमा परी २० सेनाको मृत्यु भएको छ। मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणमा २० सेनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
आइतबार सेगाउ क्षेत्रमा रहेको सोकुलु सैन्य क्याम्पमा आक्रमण भएको थियो। आक्रमणकारीहरु मोटरसाइकलमा आएको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणकारीहरु आइएस अथवा अलकायदा समूहका आतंकवादी भएको अनुमान गरिएको छ।
गतवर्ष आतंककारीको आक्रमणमा मालीमा २४ सेनाको मृत्यु भएको थियो। केही हप्ता अगाडि पनि मालीमा आक्रमण भएको थियो। त्यसबेला ५४ सेनाको ज्यान गएको जनाइएको छ।