एजेन्सी- पछिल्लो समय डिजिटल पेमेन्टको बढ्दो बजारलाई मध्यनजर गर्दै फेसबुकले ई–पेमेन्ट सिस्टमको सुरुवात गरेको छ।
अमेरिकामा म्यासेन्जर र फेसबुकमा फेसबुक पे सुरु भएको जनाइएको छ। अमेरीकाबाट सुरुवात भएको यो सेवा विस्तारै विश्व व्यापी बनाउने उल्लेख गरिएको छ।
फेसबुकका अनुसार पहिलो चरणमा यो सेवा फेसबुक, म्यासेन्जरबाट सुरु गरिएको भएता पनि आगामी दिनमा इन्स्टाग्राम र ह्वाट्सएपमा पनि उपलब्ध हुनेछ। आफ्ना लोकप्रिय सामाजिक सञ्जाल तथा एपमार्फत पैसा पठाउन तथा पाउन, किनमेल गर्न, गेमको पेमन्ट गर्न, कुनै कार्यक्रमको टिकट काट्न अथवा फण्ड राइजर जस्ता भुक्तानी सुविधा दिने गरी फेसबुकले यो डिजाइन गरेको हो।
फेसबुकका अनुसार यो सेवा हाल फेसबुक तथा म्यासेन्जरेको सेटिङमा उपलब्ध छ। जसले धेरै जसो डेबिट तथा क्रेडिटकार्ड सपोर्ट गर्ने जनाइएको छ। फेसबुकको ई पेमेन्टबाट पे–पाल अकाउण्टमा समेत पैसा पठाउन र पाउन सकिने जनाइएको छ।