एजेन्सी– भारतको पञ्जावस्थित बरनालमा बस्ने एक २१ वर्षकी युवतीले आत्महत्या गरेकी छिन्। कुलविन्दर सिंहकी छोरी मनु रानी फेसबुकबाट लाइभ गर्दै आत्महत्या गरेकी हुन्।
मृतककी आमाका अनुसार दुई युवकले मनुकाे फोटो बिगारेर नाङ्गो बनाउँदै पठाउने गर्दथे। यसबारे युवतीका परिवारले प्रहरीकोमा गएर उजुरी हालेका थिए। तर प्रहरीले यो घटनालाई गम्भीरताका साथ लिएन। ती युवाले अश्लील भिडियाे बनाएर मनुलाई पठाउन थाले। त्यसकारण मृतकका पिताले छोरीलाई सुरक्षित हुने भन्दै पढ्नको लागि मलेशिया पठाएका थिए।
तर उनी मलेसिया पुगेपनि ती युवकहरूले उनकाे अश्लील भिडियाे उनलाई पठाउँदै सामाजिक सञ्जालमा हालिदिने धम्की दिए। लामाे समयसम्म ती युवाहरूबाट समस्यामा परेकी उनले अन्ततः सामाजिक सञ्जालमा लाइभ आउँदै आत्महत्या गरिन्।
उनकी आमाले सञ्चारमाध्यमलाई बताएअनुसार २४ जनवरीको राती आरोपित युवकले मनुलाई भिडियो कल गरेर अश्लिल भिड्यिो सामाजिक सञ्जालमा हालिदिने धम्की दिएका थिए। यो सबै कुराको पिरले मनुले मलेशियामा नै झुन्डिएर आत्महत्या गरेकी छिन्।