एजेन्सी– सूर्यको अस्तित्व लगभग आजभन्दा ४ सय ६० वर्ष पहिले देखिको छ। तर सौर्यमण्डलको अस्तित्व भन्दा पहिला आकाशगंगामा के थियो? यो कसैलाई थाहा छैन।
म्युजियम अफ नेचुरल हिस्ट्री नेशनलका उल्कापिण्ड विशेषज्ञ फिलिप हेगका अनुसार एक उल्कापिण्ड र त्योसँगै आएको धुलोको कण (स्टारडस्ट) सौर्यमण्डलको अस्तित्व भन्दा पहिलेदेखि नै रहको बताउँछन्।
सन् १९६९ मा एउटा उल्कापिण्ड अष्ट्रेलियाको मर्चीसनमा झरेको थियो। वैज्ञानिकहरुले उल्कापिण्डसँग आएको आई स्टारडस्ट नै अहिलेसम्मकै सबैभन्दा पुरानो सामान रहेको बताएका हुन्।
स्टारडस्टको अस्तित्व ५ देखि ७ अर्ब वर्ष पहिला देखि रहेको उनीहरुले बताएका हुन्। यो अहिलेसम्मकै सबैभन्दा पुरानो ठोस पदार्थ वा सामग्री भएको उनीहरुले दाबी गरेका छन्।
कुनै पनि तारा नष्ट हुन १ लाख वर्ष लाग्छ। तर उल्कापिण्डमा धेरै घर्षण हुने कारणले त्यसमा रहेका पदार्थहरु खसिरहेका हुन्छन्। स्टारडस्ट जस्ता पदार्थहरु तारा जस्तै हुने गरेको वैज्ञानिकहरुले बताएका छन्।
स्टारडस्टको सबैभन्दा सानो आकार ८ माइक्रोमिटर छ। साथै यसको बास्ना पीनट बटरको जस्तो हुने गर्छ। वैज्ञानिकहरुका अनुसार आकाशमा तीब्र गतिमा ताराहरु बन्ने प्रक्रिया ७ अर्ब वर्ष पहिला देखि भएको थियो।