एजेन्सी– बेलायतको मेट्रो प्रहरीले लण्डनमा लाइभ फेशियल रिकोग्निसन (अनुहारबाट पहिचान गर्ने) क्यामराहरु संचालनमा ल्याएको छ। सरकारको आफ्नै सर्भिलेन्स वाचडगको चासोका बाबजुद प्रहरीले लाइभ फेशियल रिकोग्निसन क्यामराहरु संचालन गर्न शुरु गरेको हो।
सन् २०१६ मा पहिलो पटक लण्डनमा आयोजित नटिंग हिल कार्निभलमा ती क्यामराहरु प्रयोग गरिएको थिए। ती लाइभ फेशियल रिकोग्निसन क्यामराहरुले अपराधिको पहिचान गर्न र उनिहरुलाई पक्राउ गर्नमा मदत पु¥याउँछ। अनुहार बाट पहिचान गर्ने सफ्टवेयरले कुनै चिनिएको अपराधीको बारेमा आरपिएफ कमाण्ड केन्द्रलाई जानकारी गराउनेछ।
फेशियल रिकोग्निसन क्यामराहरु बेलयतका अन्य शहरहरु र सपिंग सेन्टरहरुमा पनि जडान गरिसकिएको छ तर तिनिहरुको प्रयोगले गोपनियताकोचासो बढाएको छ। र विपक्षितहरुले त्यस प्रविधिको सटिकताको बारेमा प्रश्न गर्दै आएका छन्।
तर प्रहरीले भने महानगरको विकासको लागि यो महत्वपूर्ण भएको र हिंसालाई कमगर्न प्रहरीलाई सहयोगीको रुपमा महत्वपूर्ण हुने बताएको छ। स्मरण रहाेस् चीनमा पहिले देखिनै फेसियल रिकोग्निसन सिस्टम आइसकेको छ।
चीनमा फेसियल रिकोग्निसन सिस्टमको प्रयोग एयरर्पोटको सुरक्षा, अपराध र ट्राफिक कन्ट्रोलको लागी गरिन्छ। चीनका सुरक्षाकर्मीलाई फेसियल रिकोग्निसन सिस्टमबाट धेरै सहयोग भएको बताइएको छ। यस सिस्टमको प्रयोगबाट सुरक्षा अधिकारी र आम मानिसको व्यबहारमा समेत परिर्वतन आउँछ।
सम्बन्धित समाचार
रेल्वे स्टेशनहरुमा फेशियल रिकाेग्निसन सिस्टमको प्रयाेग गर्ने तयारीमा भारत