एजेन्सी– भारतको त्रिपुरामा प्रहरीले ४१ वर्षपछि एक बाख्रा चोरलाई पक्राउ गरेकाे छ। आफ्नाे बाबुसँग मिलेर बाख्रा चोरेका ५८ वर्षका बच्चु कौललाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
उनले सन् १९७८ मा बाबुसँग मिलेर एउटा बाख्रा चोरेका थिए। त्यति बेला उनीहरुले चोरेको बाख्राको मूल्य ४५ रुपैयाँ थियो। यसलाई अहिलेको ३ हजार रुपैयाँसँग तुलना गरिएको छ। उनका बाबुको भने १८ वर्षअघि नै निधन भइसकेको छ।
चिया बगानमा काम गर्ने कौलविरुद्ध स्थायी गिरफ्तारी वारेन्ट जारी भएको थियो। त्यसैले उनलाई प्रहरीले पक्राउ गरेको हो। एक प्रहरी अधिकारीका अनुसार उनलाई अदालतमा पेश गरिने र हिरासतमा राखिने छ।