रसुवागढी – रसुवागढी नाकाबाट २ किलो सुनसहित ६ जना पक्राउ परेका छन्।
ना १ झ ३५४२ नम्बरको टाटा सुमो गाडीमा सवार चालकसहितका ६ जनालाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए।
डिएसपी ढकालको अनुसार उनीहरु चीनबाटै नेपाली नम्बरप्लेटको गाडीमा आएका भन्ने कुरा खुलेको छ। यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ जनाइएको छ।