एजेन्सी– पछिल्लो समय प्रियंका चोपडा हलिउडमा व्यस्त छिन्। आइतवार उनी ग्रामी अवार्ड २०२० मा पति निक जोनससँग पुगिन्। प्रियंका समारोहमा निकै सुन्दर देखिन्थिन्। उनले फ्रिन्ज स्लीब्सको मोनो गाउन पहिरिएकी थिइन्। यो पहिरनमा उनी निकै राम्री देखिइन्, उनका फ्यानहरूले उनको निकै प्रशंसा गरे।
प्रियंकाको साथमा निक पनि थिए। ब्राउन गोल्ड कलरको पहिरनसहित पत्नीसँग समारोहमा पुगेका निक निकै नै सुन्दर देखिन्थे। उनीहरूले रातो कार्पेटमा तस्वीर खिचाए। जुन तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनीहरूले समारोहमा पारिवारीक फोटोसमेत खिचाए।