एजेन्सी– ब्राजिलमा सरकारले विवाह पछि मात्रै यौन सम्पर्क गर्न किशोर किशोरीलाई आग्रह गरेको छ। सानै उमेरमा किशोरीहरु गर्भवती हुने र विभिन्न यौन रोगको संक्रमणबाट पिडित भए पछि सरकारले यो अभियान सुरु गरेको हो।
ब्राजिलकाे मानव अधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेले भनिन्, ‘हाम्रो देशका किशोर किशोरी सामाजिक दबाबमा परेर शाररिक सम्बन्ध राख्दै आएका छन्।’ उनले नयाँनीति बनाउनका लागि समेत ‘आई चुज टू वेट’ अभियानको सुरु गरेको बताएकी छिन।
उनले ब्राजिलमा प्रजनन् अधिकार र यौन शिक्षाबारे अहिले सम्मका नीति सफल र प्रभावकारी हुन नसकेको बताएकी छन्। धार्मिक मान्यतालाई आधार मानेर आफुहरुले नीति बनाइरहेको उनको भनाई छ। सरकारको यो अभियानले किशोर गर्भावस्थामा हानी पु¥याउन सक्ने विशेषज्ञहरुले बताएका छन्। ब्राजिलमा किशोर गर्भावस्थादर ६२ प्रतिशत छ, जुन विश्वकै सबैभन्दा बढी हाे।
जसको कारण यौन रोग र संक्रमण बढी भइरहेको छ। सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित बनाउनु हो। अर्को महिना देखि ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान सुरु हुने भएको छ।