एजेन्सी– विश्वका सुन्दर, शान्त, सफा वा यस्तै खालका अनेक सहरबारे हामीले सुन्दै आइरहेका छाै। तर सहर त यस्ता पनि छन् जसबारे सुन्दा हामीलाई पत्यार नलाग्न सक्छ।
हालसालै मात्रै सिटिजन काउन्सिल फर पब्लिक सेफ्टी एण्ड जस्टिस (सिसिएसपीजेपी)ले गरेको अध्ययनले विश्वको सबैभन्दा हिंस्रक सहरको सूचना जारी भएको छ। ल्याटिन अमेरिकाका धेरैजसो सहर यसको सूचीमा सूचिकृत छन्।
मेक्सिको नागरिक संगठन सिसिएसपीजेपीको रिपोर्टमा यस्ता ५० सहरका बारे बताएको छ। यो संगठनले त्यहाँका एकलाख मानिसमाथि हत्याको आंकलन गरेर यो सूची तयार गरेको हो। यी ५० शहरमध्यबाट १७ सहर ब्राजीलका छन् भने मेक्सिकोका ५, भेनेजुएला ३, कोलम्बिया ३ र होण्डुराइसमा २ सहर रहेका छन्। यसका साथै एल् साल्वाडोर, ग्वाटेमाला र पोएर्तो रिकोमा पनि १।१ सहर रहेका छन्।
त्यसो त मेक्सिकोमा उत्तर–पश्चिमी प्रान्तको बाहा क्यालिफोर्निया सुकालस काबोस सहरलाई पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ। तर यो वर्ष यस सहरलाई दुनियाको सबैभन्दा हिंस्रक देशको सूचीमध्य पहिलो स्थानमा राखिएको छ।
सिसिएसपिजेपीले तीनलाख जनसंख्या रहेको सहरमा गरेको अध्ययनमा के पाइयो भने, अहिलेको समयमा त्यहाँ हिंसा तीव्र रुपले बढेको छ। एक सालको अवधिभित्र हिंसामा झण्डै पाँचसय प्रतिशतले बृद्धि भएको छ। सरसर्ती हेर्ने हो भने २०१६ मा त्यहाँ ६१ घटना हत्याका भएका थिए।
यस्तै २०१७ मा आएर यो सहरमा ३६५ हत्या भए। मेक्सिकोमा १ लाख व्यक्तिमाथि हत्याको दर करिब एकसय एघार थियो। दुनियाले विकास र समृद्धिका अनेक कुरामा फड्को मारिरहँदा यहाँ भने हिंसामा बृद्धि भएको छ । २०१५ को सूचीमा मेक्सिकोका ५ सहर हिंस्रकको सूचीमा थिए।
तर यसपटक चाहिँ मेक्सिकोकै १२ सहर रहेका छन्। यसैगरि २०१७ मा आएर दुनियाका शिर्ष १० सहरमध्य ५ सहर म्याक्सिकोका छन्। आखिर मेक्सिकोमा यतिविधि हिंसा हुनुको कारण के त? सिसिएसपिजेपी संगठन भन्छ- यस देशको वरपर आपराधिक समूहको विरुद्ध लडाँइ गर्ने कुनै रोडम्याप छैन। र यहीँ हिंसाको सबैभन्दा खराब स्तर देखिन्छ।