एजेन्सी– प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ। सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो।

आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे। घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए। भिटालिटी स्टेडियमा खेलको पाँचौं मिनेटमा साकाले ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। २६औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० ले अघि बढेको थियो।

दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा उतारेको आर्सनलले दोस्रो हाफमा पनि गोलको अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो। इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले सिमोन फ्रान्सिसको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो।
अब आर्सनलको प्रि–क्वाटरफाइनलमा पोर्ट्समाउथको सामना गर्नेछ। एफएले सोमबार राति नै प्रि–क्वाटरफाइनको ‘ड्र’ सार्वजनिक गरेको छ। रिडिङ र कार्डिफले रिप्ले खेल्दै जित हात पार्ने टोलीले सेफिल्ड युनाइटेडसँग खेल्नेछ। श्रीउजवरी र लिभरपुलको विजेताले चेल्सीसँग खेल्नेछ। कोभेन्ट्री र बर्मिङघमको विजेताले लेस्टरसँग खेल्नेछ।
यस्तै नर्थह्याम्पटन र डर्वीबीचको विजेताले म्यानचेस्टर युनाइटेडको तथा साउथह्याम्पटन र टोटेनहमको विजेताले अन्तिम १६ मा नर्विच सिटीको सामना गर्नेछ।
एफए कप प्रि–क्वाटरफाइनल समीकरण
सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी
रिडिङरकार्डिफविरुद्ध सेफिल्ड युनाइटेड
चेल्सीविरुद्ध श्रीउजवरीरलिभरपुल
वेस्टब्रोमविरुद्ध न्यु क्यासलरअक्सफोर्ड
लेस्टरविरुद्ध कोभेन्ट्रीरबर्मिङघम
नर्थह्याम्पटनरडर्वी्विरुद्ध म्यानचेस्टर युनाइटेड
साउथह्याम्पटनरटोटेनहमविरुद्ध नर्विच सिटी
पोर्ट्समाउथविरुद्ध आर्सनल