काठमाडौं– शान्तिनगरमा आज बिहान ट्रिपरको ठक्करबाट एक महिला घाइते भएकी छिन्।
शान्तिनगरको जेब्राक्रसिङ्गमा बाटो काट्दै गरेकी महिलालाई ट्रिपरले ठक्कर दिएको हो। टिप्परको ठक्करबाट घाइते भएकी ती महिलाको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
कोटेश्वरबाट बानेश्वर तर्फ आईरहेको बा .४ ख ४९९५ नम्बरको ट्रिपरले बाटो काटिरहेकी महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सो ट्रिपरका चालक भने फरार छन्। ट्राफिकले ट्रिपर नियन्त्रणमा लिएको छ।