एजेन्सी – चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ भने ४ हजार जना संक्रमित भएका छन्। जसमध्ये ५ सय जनाको अवस्था गम्भीर रहेकाे पाइएकाे छ। त्यस्तै भाइरसका कारण बेइजिङमा एक जनाको मृत्यु भएको छ।
यसको संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन्। हुबेइ प्रान्तमा नोवेल कोरोनाको बिन्दु वुहानमा आइतबारदेखि गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ। कोरोना भाइरसबाट संक्रमितको संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ।
कोरोनाको संक्रमण रोक्न एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ। चीन भन्दा बाहिर झण्डै डेढ दर्जन मूलुकमा ४७ जनासंक्रमित भएको उल्लेख छ।
चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४७ जनामा संक्रमणको पुष्टि भएको छ।अहिलेसम्म चीन बाहिर कसैको पनि नोवेल कोरोना भाइरसका कारण ज्यान भने गुमाएका छैनन।
कहाँ कति संक्रमित?
चीन — १०६ मृत्यु,४५१५संक्रमित
थाइल्यान्ड — ८ जना संक्रमित
हङकङ — ८ जना संक्रमित
मकाओ — ५ जना संक्रमित
अस्ट्रेलिया, अमेरिका, ताइवान, सिंगापुर — ५र५ जना संक्रमित
जापान, मलेसिया, दक्षिण कोरिया – ४र४ जना संक्रमित
फ्रान्स – ३ जना संक्रमित
भियतनाम — २ जना संक्रमित
नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, जर्मनी – १/१ जना संक्रमित