दाङ – चितुवाको छालासहित प्रहरीले दाङबाट दुई जनालाई पक्राउ गरेको छ।
दंगिशरण गाउँपालिका १ का चेतबहादुर पुन र २४ वर्षीय सौगात घर्तिलाई प्रहरीले चितुवाको छालासहित सोमबार बेलुकी ५ बजे घोराहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
चितुवाको छाला बोकेर हिँडिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पछ्याउँदै जाने क्रममा दाङ घोराही उपमहानगरपालिका १४ को नयाँ बसपार्कबाट पक्राउ गरेको हो।
उनीहरुले बोकेको झोला जाँच गर्दा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ राखेको टाउको बङ्गरा देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला भेटिएको हो। उनीहरुलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा सूचना अधिकृत, प्रहरी नायब उपरीक्षक डीएसपी सुमित खड्काले जानकारी दिनुभयो।