काठमाडौं– चलचित्र ‘चपली हाइट ३’को गीत चारानाको मसलाको छायांकन काठमाडाैंको ठमेलमा अवस्थित एक क्लबमा गरिएको हो।
अर्जुन कुमारको निर्माणमा बनेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन्। यसको सम्पूर्ण छायांकन सकिएको छ। यस गीतमा नायिकाद्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट बोल्ड देखिएका छन्।
चारानाको मसला गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर,र सुवाष भुषालको संगीत रहेको छ। यस गीतको भिडियोलाई प्रदिप लामाले कोरियोग्राफी गरेका हुन्। पुरुषोत्तम प्रधानले खिचेका हुन्।
चलचित्रको यस गीतको भिडियोमा मुख्य भुमीकाको रुपमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट र महेश त्रिपाठी रहेको छ। चलचित्र ‘चपली हाइट ३’ चैत्रको २८ गतेबाट रिलिज हुँदैछ। चलचित्रलाई सस्पेन्स कथालाई प्रस्तुत गरेको छ।