काठमाडौं– माघ २२ गतेदेखि सुरु हुने आइसीसी विश्वकप क्रिकेट लिग–२ लागि बिग बास लिग (बीबीएल) खेलेर नेपाल फर्किएका सन्दीप लामिछानेले प्रशिक्षण सुरु गरेका छन्। उनी अष्ट्रेलियामा भइहेको बीबीएल खेलेर सोमबार राति नेपाल पुगेका हुन्। सन्दीपले मंगलबारबाट नै प्रशिक्षण सुरु थालेका छन्। उनी नेपाली टीमका महत्वपूर्ण सदस्य हुन्।
सन्दीपबाट त्रिकोणात्मक सिरिजमा नेपालले ठूलो आशा राखेको छ। उनको प्रदर्शन नेपाली टीमका लागि सिरिजमा ठूलो भूमिका निर्वा गर्ने छ। वानडे क्रिकेटमा सन्दीपले हालसम्म ६ खेलमा १५ विकेट लिएका छन्। जसमा उनको उत्कृष्ट बलिङ २४ रनमा ४ विकेट लिनु हो। नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ। दोस्रो खेलमा माघ २५ मा अमेरिकाको सामना गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्ने छ।
त्रिकोणात्मक सिरिजका लागि टिकट मूल्य निर्धारण
टियू क्रिकेट मैदानमा सुरु हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि टिकट मूल्य निर्धारण गरिएको छ। सिरिजको टिकेटिङ पाटर्नरको रुपमा ई–सेवा जोडिएको छ।
अब सिरिजका खेल हेर्न एक क्लिकका भरमा टिकट लिन सकिनेछ। जसले गर्दा खेल हेर्न मैदान पुग्ने दर्शकहरुलाई टिकट खरिद गर्न कुनै कठिनाई नहुने र छिटो र सरल माध्यमबाट खेललाई दर्शकहरुले नियाल्न पाउने ब्यबस्था गरिएको छ। सिरिजका खेलहरुला लागि नेपालको अग्रणी तथा लोकप्रिय ई–सेवाले टिकट खुला चाडैंनै गर्ने जानकारी दिएको छ।
जसको मूल्य नेपालको खेलमा २ सय रुपैयाँ र अन्य खेलमा १ सय रुपैयाँ तय गरिएको छ। नेपालले सिरिजको पहिलो खेल माघ २२ गते ओमानसँग खेल्नेछ। दोस्रो खेलमा माघ २५ मा अमेरिकाको सामना गर्नेछ भने तेस्रोमा २६ गते ओमान र २९ मा अमेरिकासँग फेरी खेल्ने छ।