एजेन्सी – कोरियोग्राफर गणेश आचार्यविरुद्ध एक महिलालेले एडल्ट भिडियो हेर्न जबरजस्ती गरेको भन्दै मुद्दा दर्ता गराएकी छिन्।
३३ वर्षीय महिलाले उनीविरुद्ध अंबोली प्रहरी चौकीमा मुद्दा दर्ता गराएकी हुन्। उनीमाथि एडल्ट भिडियो हेर्न जबरजस्ती गरेसँगै फिल्म क्षेत्रबाट वञ्चित गरेको र आयातबाट कमिसन माग गरेकाे आरोप छ।
https://twitter.com/ANI/status/1221985239037177858?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1221985239037177858&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fstory%2Fchoreographer-ganesh-acharya-accused-of-forcing-woman-to-watch-adult-videos-tmov-1-1158676.html
उजुरीपत्रमा महिलाले यस्तो लेखेकी छिन्
‘गणेश इंडियन फिल्म एंड टेलिविजन कोरियोग्राफर्स एसोसिएशनको जनरल सेक्रेटरी बनेदेखिनै मलाई दुःख दिइरहेका छन्। मैले गणेशको कुरा नमानेपछि उनले मलाई एसोसिएशनबााट नै निकालिदिए। साथै उनले मलाई उनको असिस्टेंट बन्नको लागि भनेका थिए। तर मलाई स्वतन्त्र रुपमा काम गर्न मन पर्ने हुनाले मैले अस्वीकार गरिदिए।’