काठमाडौं– मानिसको शरीरलाई काम गर्नको लागी उर्जाको जरुरी हुन्छ। शरीरलाई उर्जा दिने काम हाम्रो खानामा रहेका पौष्टिक तत्वहरुले दिने गर्छन्। यदि हाम्रो शरीरमा पौष्टिक तत्वको कमी भयो भने हामीलाई भोक लागेको महसुस हुने गर्छ। तर कहिले काँही हामीलाई भोक लाग्ने गर्दैन। यदि हामीलाई भोक लागेन भने यसलाई हामीले बेवास्ता गर्न हुदैन। हामीलाई कुनै रोगको कारण भोक नलाग्न सकेको हुन्छ।
कारणहरु
१. मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम गर्छ। मिर्गौलाले राम्रोसँग काम गरेन भने भोक लाग्दैन।
२. संक्रमण र ज्वरो आएमा, क्षयरोग भएमा।
३. ग्रन्थीका रोगहरु र पाराथाइरोड ग्रन्थीले बढी काम गर्नु, पिटुइटरी ग्रन्थीले काम गर्नु।
४. कलेजोको रोगहरु,जडिन्स हुनु,सिरोसिस हुनु।
५. भिटामिनको कमि
६. अर्बुद रोग,पेटको क्यान्सर,प्यान्क्रियाज ठुलो आन्द्रा।
७ . रगतका क्यान्सर,ल्युकेमिया, लिम्फोमा।
८. खाना नै मननपर्ने र कुनै व्यक्तिलाई खानाहरु पटक्कै मन नपर्ने हुन्छ र खाना मिठो भए पनि खान मन नलाग्ने हुन्छ।
९. जुका परेमा
निदान
१.शारीरिक परीक्षण
२. प्रयोगशाला परीक्षण
३.इमेजिङ्ग
उपचारहरु
१. रोग नभई लक्षण भएको हुनाले मुल रोगको उपचार गर्नुपर्दछ।
२. सबै परिरवारले ६–६ महिनामा जुकाको औषधि खानुपर्दछ।
३. जन्डिस,ज्वरो वा अन्य केहि रोग लागेको छ भने त्यसको ख्याल गर्नुपर्दछ।