पाल्पा– दलित तथा बोटेमाझी घर पाएपछि खुशी बनेका छन्। शहरी विकास तथा भवन कार्यालय पाल्पाका सूचना अधिकारी घनश्याम सुवेदीले जनता आवास कार्यक्रम मार्फत आठ सुरक्षित आवास निर्माण सम्पन्न भएको जानकारी दिए।
पूर्वखोला गाउँपालिकाको सिलुवा, निस्दी गाउँपालिकाको गल्धा र रामपुर नगरपालिकाको दर्छामा ती समुदायका लागि कार्यालयले घर निर्माण गरिदिएकोे हो।
सिलुवा र गल्धामा दलित र दर्छामा बोटे माझी समुदाय बसोबास गर्दछन्। पूर्वखोला गाउँपालिका–१ सिलुवाका डोलबहादुर नेपालीले सुरक्षित घर पाएपछि खुशी व्यक्त गरे। (रासस)