कैलाली– कैलालीको धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरस्थित माया मेट्रो अस्पतालमा कार्यरत स्टाफ नर्स मृत अवस्थामा फेला परेकी हुन्।
दाङ घोराहीकी २३ वर्षीया देवीका श्रेष्ठ आफ्नै डेरामा शव झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
श्रेष्ठले १५ महिना अघि भारतीय नागरिक बिक्की अग्रवालसँग विवाह गरेको थिइन्।‘उनको शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।