मोरङ– मोरङको धनपालथान गाउँपालिका–४ का ३८ वर्षीय विशुनदेव मुखियाको सोमबार राति एक होटलमा मादक पदार्थ सेवन गरी भएको वादविवाद र कुटपिटबाट घाइते भएका मुखियाको उपचारको क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।
यसैगरी कुटपिटमै संलग्न रहेका किसन महतो र जमुनाकुमारी महतो भने सामान्य घाइते छन्। मुखिया र रामविलासको समूहबीच ग्याङफाइट भएको थियो।
कुटपिटमा संग्लग्न रहेका सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रङ्गेलीले धनिराम मुखिया, हरिओम महतो, मणिचन्द्र महतो, रामविलास महतो र ३२ शंकर महतोलाई नियन्त्रणमा लिएको हो।