बैतडी– ट्याक्टरले किचेर बैतडीमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाटन नगरपालिका १ का ३५ वर्षीय नरेन्द्रराज भट्टराई रहेको प्रहरीले जनाएको छ।
म १ त ११७२ नम्बरको ट्याक्टरमा रहेका भट्टराई एक्कासी खस्दा ट्याक्टरले किचेको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
खस्ने वित्तिकै ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। सिमेन्ट र छड बोकेर पाटनबाट सकार जाँदै गरेको ट्याक्टरमा रहेका भट्टराई पाटन नगरपालिकाका १ को कार्यालय नजिकै खसेका हुन्।
चालक कैलालीको धनगढीका दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।