काठमाडौं– धेरै मानिसहरुलाई गोरो बन्न रहर हुन्छ। गोरोपना र मुलायम छालाको लागि धेरै थरीका फेयरनेस क्रिमहरु प्रयोग गर्ने गर्छन्। यस्ता क्रिमहरुले एकैछिनको लागि गोरो देखाएपनि त्यसले विभिन्न साइड इफेक्ट पनि गर्नसक्छ।
जापानको एक परम्परागत घरेलु विधि बताउन गइरहेका छौँ। तपाइले कुनै पनि फेयरनेस क्रिमहरुको प्रयोग गरिराख्नु पर्दैन।
जापानका मानिसहरु जन्मजात नै गोरो हुन्छन्। उनीहरुले आफ्नो छालालाई मुलायम र चम्किलो बनाउनको लागि चामलको पेस्ट बनाएर प्रयोग गर्छन्। चामलमा एन्टिअक्सिडेन्ट छालाको साथसाथै कपाललाई पनि स्वस्थ राख्न उपयोगी हुन्छ।
उपायहरुः
१. भिजाइएको चामल पिसेर थोरै बेकिङ सोडा मिलाएर अनुहारमा लगाउनुहोस। यसले तपाईको अनुहार गोरो हुन्छ।
२. चामल पिसेर बनाइएको पेस्ट महमा मिलाएर अनुहारमा लगाउनाले घामले डढेको कालो हट्छ र यसकोे चमक बढ्छ।
३. पिठोमा गोलभेडा पिसेर मिसाइ अनुहारमा लगाउनुहोस र सुकेपछि धुनुहोस। यसले रगत निर्खाछ र अनुहार राम्रो बनाँउछ।
४. चामलको पानीलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस र दश मिनेट पछि धुनुहोस। यसले चाउरी पर्नबाट रोक्छ।
५. चामलको माडलाई कपालको जरामा लगाएर मालिस गर्नुहोस र आधा घन्टा पछि पखाल्नुहोस्। यसले कपाल छिटो बढ्छ।