काठमाडौं – चाइनिज कम्पनी सीएफ मोटोको २ सय ५० एनके नेपालमा पहिले देखि नै उपलब्ध भए तापनि भारतमा भने बल्ल सीएफ मोटो बाइक लन्चिङ हुन थालेको छ।
दुई महिनापछि भारतमा बिक्री हुन लागेको याे बाइक नेपालमा भने केही महिनादेखि बिक्री हुँदै आएको हो। २ सय ५० सीसी सेग्मेन्टमा युवाहरुको आकर्षण बढ्दै गएको समयमा आएको एनके २ सय ५० सीएफ मोटोको उत्कृष्ट बाइकमा पर्छ।
२ सय ५० एनके मोटरसाइकलको लम्बाई १९९० एमएम, चौडाई ७ सय ८० एमउम र उचाई १०७० एमएम रहेको छ भने यसको ह्वीलवेस १३६५ एमएम रहेको छ। यसमा सिट हाईड भने ७ सय ९५ एमएमको दिइएको छ। १ सय ५० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको एनके २५० मा १२.५ लिटर क्षमताको फियुल ट्याङ्क दिइएको छ।
यो मोटरसाइकलमा अगाडि टेलिस्कोपीक र पछाडि क्यान्टिलिभर सिंगल सस्पेन्सन दिइएको छ। कम्पनीले सुरक्षीत राइडिङको लागि हाइड्रोलिक डिस्क ब्रेकको साथमा डियुल च्यानल एबीएस दिएको छ।
सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ। जसले ९००० आरपीएममा २६.५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ।
कम्पनीले यसको मूल्य ५ लाख २५ हजार ५०० रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ।