काठमाडौं – सबै औषधिको साइड इफेक्ट हुन्छ। औषधि धेरै खायो भने कलेजो, मृगौला खराब गर्छ। खानेकुराहरूको पनि आफ्नै किसिमको साइड इफेक्ट हुन्छ। ब्लडप्रेसरको औषधि पनि स्वस्थ रहनै खाने हो। यसको औषधिहरू पनि आफ्नै किसिमका साइड इफेक्टहरू छन्।
कुनै साइड इफेक्ट छोटो समयमै देखा पर्छन् भने कुनै २०– ३० वर्षको लगातार औषधि सेवनपछि देखिन्छन्। साइड इफेक्ट भएको थाहा पाएमा ब्लडप्रेसरको औषधि अदलबदल गरेर साइड इफेक्टले गर्ने क्षतिबाट बच्न सकिन्छ। डाक्टरको सल्लाह अनुसार चेकजाँच गरिरहेमा साइड इफेक्टहरू तुरुन्तै पत्ता लाग्छ।
औषधि शुरू नगरी सधै ब्लडप्रेसर हाइ लिएर बस्दा प्यारालाइसी, ह्दयाघात हुने, मृगौला कामै नलाग्ने अवस्थामा पुग्ने, आँखाको ज्योति गुम्ने जस्ता भयानक असरहरू हुन सक्छन्। जुन असरहरूको तुलनामा औषधिको साइड इफेक्ट केही होइन।