दिल्ली – भारतीय टीमका कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्र सिंह धोनी एउटै टिमबाट खेल्ने भएका छन्। भारतीय क्रिकेट कंट्रोल बोर्ड (बिसिसिआई) र इंडियन प्रीमियर लिग (आईपिएल) कमिटीले यस्तो तयारी गरिरहेको छ।
यो खेल आइपीएलभन्दा तीन दिन अघि हुनसक्छ, जसको तयारी बीसीसीआइले गरेको छ। आइपीएल २०२० को पहिला खेल २९ मार्च मा हुने तय भएको छ।
आईपिएलको गवर्निंग काउंसिलको दिल्लीमा सोमवार भएको बैठकमा आईपिएलको ८ वटै टिमका खेलाडिहरुलाई एकसाथ मैदानमा उतार्ने बिषयमा पनि चर्चा भएको छ। यो एक च्यारीटि खेलको रुपमा खेलाईनेछ। आइपीएलको इतिहासमा यस्तो पहिलो पटक हुनेछ।
यो हो बीसीसीआइको योजना
सुत्रअनुसार बीसीसीआइ र आइपीएल गवर्निंग काउंसिल दुई टिम बनाउने तयारीमा छन्, जसमा एउटा टिम उत्तर र पुर्व भारतको हुनेछ भने अर्को दक्षिण र पश्चिम भारतको हुनसक्छ। यस्तोमा एउटा टीममा दिल्ली क्यापिटल्स, किंग्स इलेवन पंजाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स टीमको खेलाडि हुुनेछन् भने अर्कोमा चेन्नई सुपर किंग्स, मुंबई इंडियंस, रायल चैंलेजर्स बेंगलोर र सनराइजर्स हैदराबादका खेलाडी हुनेछन्।
ईएसपीएन क्रिकइंफाको रिपोर्टअनुसार, आल स्टार मैचको योजना बिसिसिआईका अध्यक्ष सौरव गांगुलीले बनाएका हुन्। दिल्लीमा आयोजित बोर्ड बैठकमा गांगुलीको साथमा आइपीएल गवर्निंग काउंसिलका अध्यक्ष बृजेश पटेल पनि थिए। यदि बीसीसीआइको यो योजना भयो भने क्रिकेट मैदानमा केहि फरक दृष्य देखिनेछ।
डिविलियर्स, धोनी, विराट र रोहित एउटै टिममा
यदि दक्षिण र पश्चिम क्षेत्रको टिमको हिसाबमा हेर्ने हो भने यो आल स्टार खेलमा विराट कोहली, एमएस धोनी, रोहित शर्मा, एबी डिविलियर्स, जसप्रीत बुमराह, शेन वाटसन, हरभजन सिंह र लसिथ मलिंगाजस्ता दिग्गज खेलाड़ी एउटा टिमको हिस्सा हुनेछन्।
यस्तै, उत्तर र पुर्व क्षेत्रको हिसाबमा आंद्रे रसेल, रिषभ पंत, बेन स्टोक्स, श्रेयस अय्यर, दिनेश कार्तिक, पैट कमिंस, ईयोन मोर्गन र जोफ्रा आर्चरजस्ता खेलाड़ी अर्को टिममा हुनेछन्।