एजेन्सी – अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विमान दुर्घटना अमेरिकी सेनाको रहेको पुष्टि भएको छ। अमेरिकी सेनाले विमान दुर्घटनाबारे अनुसन्धान भैरहेको र शत्रुले विमान खसालेको भन्ने कुनै संकेत नदेखिएको जनाएको छ।
तालिवानको बलियो पकड रहेको घान्जी प्रान्तको देह याक जिल्लामा विमान दुर्घटना भएको हो। तालिवानले अमेरिकी सेनाले गुप्तचरीका लागि प्रयोग गरेको विमान दुर्घटना भएको तस्वीर सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
तालिवानले विमान खसालेको भन्ने दाबीलाई अमेरिकी सेनाले अस्वीकार गरेको छ विमानमा कति जना सवार थिए भन्ने स्पष्ट खुल्न सकेको छैन।