काठमाडौं – नयाँ सभामुख अग्नी सापकोटानिर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
निर्वाचित सभामुख अग्नि सापकोटाले माघ १७ गते (शुक्रबार) बिहान ११ बजे पुनः बैठक बस्ने गरी मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायत प्रतिनिधिसभामा सहभागी दलका प्रतिनिधिले नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना दिए।