काठमाडौं– बच्चालाई के खुवाउने तथा हुर्कने समयमा के अत्यावश्यक छ भन्नेमा दुविधा हुने गर्छ। बच्चाको आहारमा के समावेश गर्दा बच्चालाई पोषकतत्व प्राप्त हुन्छ र स्वस्थ्य रहन्छ भन्ने आमाको चिन्ताको बिषय बनेको हुन्छ।
बच्चाको सन्तुलित वृद्धि र विकासका लागि अत्यावश्यक ५ पोषकतत्वहरू
१. भिटामिन ए
बच्चाको खानामा भिटामिन एको सुनिश्चितता गर्न पहेँलो तथा सुन्तला रङका भेजिटेवल्स, जस्तैः गाजर, बेलपेपर मिसाउन सक्नुहुन्छ। दूध, अण्डा र चिजमा पनि भिटामिन ए पाइन्छ।
२. भिटामिन बी
भिटामिन बी२, बी३, बी६ र बी१२ ले शरीरमा मेटाबोलिजम बढाउन शक्तिप्रदान गर्न, नर्भ सिस्टम राम्रो राख्न र समग्र बालविकासमा सघाउँछ।
३. क्याल्सियम
स्वस्थ हड्डीका लागि क्याल्सियम अपरिहार्य छ। जस्तैः दूध, दही, चिज र हरिया पात भएका भेजिटेबल क्याल्सियमका राम्रो स्रोत हुन्।
४. आइरन
आइरनले मांसपेशी निर्माणमा सघाउँछ। रातो रक्तकोषिका स्वस्थ राख्न आइरन आवश्यक हुन्छ। खानामा आइरनको सुनिश्चितता गर्न रातो मासु, बिन, पातवाला तरकारीलगायत मिलाउनुहोस्।
५. प्रोटिन
बच्चाको हाड, मांसपेशी, छाला तथा रगत निर्माणमा प्रोटिनले सघाउँछ। मासु, बिन र अण्डा प्रोटिनका मुख्य स्रोत हुन्।