एजेन्सी – स्मार्टफोन निर्माता कम्पनी नोकियाले आफ्नो नयाँ फोन ९.२ प्योरभ्यु लन्च गर्ने भएको छ। २०१९ को फ्ल्यागसिप फोन नाइन प्योरभ्युमा भएका सम्पूर्ण त्रुटिहरु सच्याउँदै २०२०को जुन महिना भित्रमा यो फोन सार्वजनिक गर्ने भएको हो।
नोकिया अन्युको ट्वीटर अकाउन्टबाट चर्चा सुरु भएको ९.२ प्योरभ्युमा स्नापड्रागन ८६५ चिपसेट रहनेछ। यसमा नर्मल, वाइड, टेलिफोटो क्यामेरा लेआउटका साथ ठूलो सेन्सर सहितको उत्कृष्ट क्यामेरा हुने बताइएको छ।
यो फोनमा १२ मेगापिक्सलका ५ ओटा क्योमरा हुनेछन्। जसमा तीन ओटा मोनोक्रोम र दुईओटा आरजीबी सेन्सर रहनेछन्। यस्तै यसको सेल्फी क्यामेरा भने ३२ वा ४८ मेगापिक्सलको हुनेछ। मल्टी लेन्स क्यामेरा कम्पनी लाइटले यसमा नोकियालाई सहयोग गरेको हो। नोकिया पावर युजर स्रोतका अनुसार यो फोनमा लाइट क्यामेरा प्रविधि नहुने भएकाले यसले राम्रो एचडीआर र लो लाइट स्न्याप तथा ग्रानुलर डेप्थ इफेक्ट समेत यसले प्रदान गर्नेछ।
वायरलेस चार्जिङको सुविधा पनि रहने नोकिया ९.२, मूल्यको आधारमा सुपथ फ्ल्यागसिप फोन हुने कम्पनीले बताएको छ। यसको मूल्य करीब ७५ हजार रुपैयाँ आसपास रहने बताइएको छ। यद्यपी मोबाइलका बारेमा उल्लेखित विवरणहरु आधिकारिक रुपमा पुष्टि हुन भने अझै बाँकी नै छ।
स्मरण रहोस् नोकिया नाइन प्रिभ्यु २०१९ को एउटा बहुप्रतिक्षित फोन थियो। यो फोनमा पेन्ट लेन्स क्यामेरा राखिएको थियो। तर यो फ्ल्यागसिप फोनमा क्यामेरा क्वालिटी र सुस्त क्यामेरा पर्फमेन्सको समस्या देखियो। साथै यसमा पुरानो चिपसेट पनि प्रयोग भएको थियो। यिनै कारणहरुले गर्दा यो फोनले त्यत्ति राम्रो छाप छोड्न नसकेको हो।