एजेन्सी– तपाईले पुरुषले महिलालाई बलत्कार गरेको घटना त बारम्बार सुन्नु भएकै होला। तर अब महिलाले पनि पुरुषलाई बलत्कार गर्न थाले। अमेरिकाको मिचिगनमा भएको एउटा घटनामा १७ वर्षकी किशोरीले आफूभन्दा जेठो पुरुषलाई चक्कु देखाएर बलत्कार गरेकी छन्।
गत ११ जनवरीका दिन लेस्टिनाले सागिनउ टाउनसिपमा एक १९ वर्षका पुरुषमाथि बलत्कार गरेकी थिइन्। यौनजन्य विषय भएकाले पीडित पुरुषको नाम गोप्य राखिएको छ।
बलत्कारी लेस्टिना मारी स्मिथलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि पहिलो डिग्रीको यौनजन्य अपराध गरेको अभियोग लगाइएको छ। अमेरिकामा सबैभन्दा गम्भीर अपराधलाई पहिलो डिग्रीभित्र राखिन्छ र उनीहरुले सबैभन्दा कठोर सजाय भोग्नुपर्छ।
प्रहरीका अनुसार लेस्टिनाले चक्कु देखाएर आफूसँग मुखमैथुन र सम्भोग गर्न पुरुषलाई बाध्य पारेकी थिइन्। लेस्टिनालाई हतकडीबिना सागिनउ काउन्टी जेलमा राखिएको छ। उनलाई ३ फेब्रुअरीमा सम्भावित सुनवाईका लागि अदालतमा उपस्थित गराइने छ। उनीमाथिको पहिलो डिग्रीको महाअपराध प्रमाणित भएमा बाँकी जीवन उनले जेलभित्रै कटाउनुपर्ने हुन्छ।
अचम्मको कुरा के छ भने सामाजिक सञ्जालमा धेरैले लेस्टिनाप्रति सहानुभूति व्यक्त गरेका छन्। परिवार र नजिकका साथीहरुले पनि सानै उमेर भएकाले उनलाई माफी दिनुपर्ने माग गरिरहेका छन्।