एजेन्सी– साढे तीन वर्षपछि गुगलले क्रोमका वेब एपहरुलाई बन्द गर्ने भएकाे छ। क्रोमले सार्वजनिक गरेको समय तालिका अनुसार यसै मार्चदेखि क्रोमको वेब स्टोरले नयाँ एप्सहरुलाई सपोर्ट गर्ने छैन।
डेभलपर्सहरुले जून २०२२ भित्र नै हालको क्रोमका एपहरुलाई अपडेट गर्नुपर्नेछ। यस्तै गुगलले २०२२ को मध्यदेखि क्रोम ओपरेटिङ सिस्टममै क्रोम एप सपोर्टलाई बन्द गरिदिने भएकाे छ। क्रोम इन्टरप्राइज तथा क्रोम एजुकेसन भएका ग्राहकहरुले डिसेम्बर २०२० सम्म अपग्रेड गर्नसक्नुपर्नेछ।
डिसेम्बर २०२० सम्ममा क्रोमको एप विण्डो, म्याक र लिनक्समा पूर्ण रुपमा बन्द हुनेछ। यस्तै २०२१ जूनमा एनएसीआई, पीएनएसीआई र पीपीएपीआई, एपीआईमा गुगलको सपोर्ट बन्द हुनेछ। जून २०२१ मा नै क्रोम ओपरेटिङ सिस्टममा क्रोम एप्सको सपोर्ट बन्द हुनेछ।
क्रोम इन्टरप्राइज तथा क्रोम एजुकेशन प्रयोगकर्ताहरुले २०२२ जूनसम्म अपग्रेड गर्न सक्नेछन्। यसैगरी २०२२ जूनसम्ममा क्रोम ओपरेटिङ सिस्टममा क्रोम एपहरुको सपोर्ट सबै किसिमका सेवाग्राहीहरुका लागि बन्द हुनेछ।
नयाँ वेबले ओपन प्लेटफर्ममा एकदमै उत्कृष्ट अनुभव दिनसक्ने विश्वास गुगलको छ। क्रोम एपसँगै एक्स्टेन्सन भने बन्द नहुने गुगलले स्पष्ट पारेको छ। क्रोममा हाल एक लाख ९० हजार थिम, क्रोम एक्स्टेन्सन तथा वेब एपहरु रहेको बताइएको छ।
स्मरण रहाेस्, गुगलले २०१६ मा क्रोम एपहरुलाई अवकास दिएर बन्द गर्ने घोषणा गरेको थियो। तर यो प्रक्रिया पुरा हुन साढे तीन वर्ष लाग्यो। ती एपहरुका साटो ल्याइने वेबले गुगलका पुराना एपहरुको तुलनामा राम्रो काम गर्न सक्ने विश्वास नभएको कारण प्रक्रिया पुरा गर्न ढिलो भएको हो।
एजेन्सीकाे सहयाेगमा