सुर्खेत — वीरेन्द्रनगर सुर्खेतमा टिपरले किच्दा १ जनाको मृत्युु भएको छ। मृत्यु हुनेमा कालीकोट महावै गाउँपालिका– ३ सिमखेत घर भएका २० वर्षीय केशर सिंह रहेका छन्। मृत्यु पश्चात सिंहका आफन्तले प्रदर्शन गरेका थिए। माहोल चर्किएसँगै आन्दाेलनका क्रममा प्रहरीले गोली चलाएको छ।
स्थानीएका अनुसार झडप हुँदा प्रहरीले चलाएको गोली लागेर जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएको हाे।
आन्दोलनले उग्र रूप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए।