काठमाडौं– इंग्ल्याण्ड क्रिकेट टीमका तिब्रगतिका बलर स्टार्ट ब्रडलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जरिवाना गरेको छ। दक्षिण अफ्रिकासँगको टेष्ट म्याचमा उनले आचारसंहिता उलंघन गरेको भन्दै आइसीसीले खेलको १५ प्रतिशत म्याच फि जरिवाना गरेको हो।
सिरिजको चौथो टेष्ट अन्तर्गत दक्षिण अफ्रिका विरुद्धको खेलमा बिपक्षी खेलाडीलाई अभद्र ब्यवहार गरेको भन्दै आइसीसीले ब्रडलाई खेलको १५ प्रतिशत म्याच फि र एउटा पोइन्ट डी मेरीट गरेको छ।
आइसीसीले आर्टिकल दुई दशमलव तीनका आधारमा रहेर सो जरिवाना गरेको हो । ब्रडले पछिल्लो २४ महिनामा दोस्रो पटक यस्तो कारवाही भोगेका हुन्। स्मरण रहोस् भारतीय पूर्व क्रिकेटर युवराज सिंहले सन् २००७ मा भएको टी–२० विश्वकपमा ब्रडको एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।