काठमाडौं– एपेन्डिसाइटिस हुँदा पेटको तल्लो भागमा दुखाई हुने गर्दछ। यो रोग पेटको एपेन्डिक्समा लाग्ने गर्छ र यसलाई एपेन्डिसाइटिस भनिन्छ। एपेन्डिसाइटिस भएमा यसलाई शल्यक्रिया गरेर हटाइन्छ।
यसको लक्षणः
एपेन्डिसाइटिस हुँदा नाइटो आसपासमा धेरै दुख्छ। पेटको तलतिर दाहिने भागमा सर्न थाल्दछ। खोक्दा, हिँड्दा वा जिउ तन्काउँदा यसको दुःखाई बढ्ने गर्दछ। खाना अरुचि हुने, ज्वरो आउँने, पेट फुल्ने, चक्कर आउने वा बान्ता समेत हुनसक्छ।
उपचारः
यसको उपचार ढिला भएमा समस्या आउन सक्छ। एपेन्डिक्स फुट्दा पेटमा संक्रमण समेत हुन्छ। चिकित्सकको परामर्श अनुसार शल्यक्रिया गरी एपेन्डिक्स हटाउनुपर्छ। पेटको क्याभिटी पनि सफा गर्नुपर्छ। शल्यक्रिया गरेर एपेन्डिसलाई फाल्नु यसको उपचार रहेको चिकित्सकहरु बताउँछन्।