एजेन्सी – आलु एक सर्वसुलभ र सस्तो सब्जी तथा खाजा हो। नेपाली भान्सामा सबैभन्दा बढी प्रयोग हुने तरकारी पनि हो आलु। आलुलाई जुनसुकै तरकारीसँग पनि मिसाएर खान सकिन्छ। साथै, यसलाई धेरै किसिमका परिकार बनाएर खान मिल्छ। आलुलाई स्वास्थ्य र पोषणका दृष्टिकोणले समेत उपयोगी मानिन्छ।
आलुमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ। यसले छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ। आलूमा एन्टी एजिङगुण हुन्छ, जसले चाउरीबाट बचाउन समेत सहयोग गर्दछ।
आलुका १० फाइदाहरु
१. आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस्। यसलाई २० मिनेट राखेपछि पानीले धुनुहोस्।
२. आलुमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ।
३. आलुको स्लाइसमा केही थोपा पानी हालेर अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस्।
४. आलुको रसमा कागतीको रसको मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस्। यसले अनुहारको चमक बढाउँन मद्दत गर्दछ्।
५. आलुमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको निखार बढ्छ।
६. आलुको रसमा थोरै काँचो दुध मिसाउनुहोस्। यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस्। छालालाई गोरो बनाउँछ।
७. आलुलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्कसर्कल हट्छ।
८. आलुलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस्। यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ।
९. आलुको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस्। यसले अनुहारको रंग निखार्छ।
१०. आलुलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस्। छाला गोरो हुन्छ।