एजेन्सी– प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पराजित गर्दै एस्टन भिल्ला इंग्लिस फुटबल लिग (इएफल) कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गर्न सफल भएको छ। घरेलु मैदानमा लेस्टरलाई २–१ ले पराजित गर्दै भिल्लाले फाइनल यात्रा तय गरेको हो।
समग्रमा भिल्लाले ३–२ को जित निकाल्दै उपाधि नजिक पुगेको हो। पहिलो लेगमा भिल्ला लेस्टरसँग १–० ले पछि परेको थियो। घरेलु मैदान भिल्ला पार्क बर्मिङघममा मंगलबार राति भएको खेलमा भिल्लाको जितमा माट टारगेट र ट्रेजीग्वेटले गोल गरे। लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए।
खेलको १२औं मिनेटमा माट टारगेटको गोलबाट लेस्टरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। उनले ज्याक ग्रियालिसको पास गोल गर्न सफल भएको थियो। ७२औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले हार्वे वारनेसको पासमा गोल गर्न सफल भएका थिए।
इन्ज्युरी समयमा ट्रेजीग्वेटले एहमेद अल महामादीको पासमा गोल गर्दै भिल्लाको २–१ को जित पक्का गरे। त्यसपछि थप गोल निस्कन नसक्दा भिल्लाले समग्रमा ३–२ को जित निकाल्दै फाइनलमा पुग्न सफल भयो।
अर्काे सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरेको थियो। दोस्रो लेग आज राति सिटीको मैदानमा हुदैछ। फाइनल पुग्न सिटीलाई बराबरी पर्याप्त रहँदा युनाइटेडलाई फाइनल प्रवेशको लागि कम्तीमा पनि ३–० को जित आवश्यक छ।