काठमाडौं– नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ बिस्तारका लागि सडक किनारका रुख काट्ने क्रम जारी रहेकाले आज दिनभरजसो महाराजगञ्ज क्षेत्र आसपासमा बिद्युत कटौती हुनेछ।
महराजगञ्च वितरण केन्द्र अन्तरगतको बूढानिलकण्ठ फिडरबाट बितरित विद्युत विहान साढे ७ बजेदेखि नै कटौती भएको छ। विद्युत साँझ ५ बजेमात्र आउनेछ।
बूढानिलकण्ठ फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका स्थानमा विद्युत सेवा कटौती भएको हो। कलंकी देखि महाराजगञ्जसम्म सडक बिस्तारका लागि रुख कटानको काम हुँदा प्राधिकरणले विद्युत कटौती गर्दै आएको छ।