काठमाडौं– नायिका वर्षा राउत नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन्। उनले करिब ८ महिनापछि नयाँ चलचित्रमा साइन गरिन्। चलचित्र ‘जात्रै जात्रा’ जेठमा रिलिज भएको थियाे त्यस पछी भने उनले कुनैपनी चलचित्रमा साइन गरेकी छैन।
अहीले उनले करिब ८ महिनापछि चलचित्र ‘२ नम्बरी’मा काम गर्दै छिन्। नायिका वर्षा राउतले राम्रो चलचित्रको अफर कुरेर बसेको हुदाँ चलचित्रमा साइन नगरेको बताईन्। चलचित्रमा साईन नगर्दा मिडियाले प्रेसर दिने गरेको उनी बताउँछिन्। ‘राम्रो चलचित्रको अफर कुरेर केही समय काम नगर्दा मिडियाको समाचारको प्रेसर मिडियाले किन चलचित्र साइन नगर्नुभएको, अफर आएन हो भन्ने जस्ता प्रश्न गर्दा दबाब पर्ने कुरा वर्षाले बताईन्।’
नायिका राउतले चलचित्र क्षेत्रमा महिला केन्द्रित चलचित्र नचलेका कारण पनि निर्माताले लगानी नगरेको हुनसक्ने बताइन्। तपाई जस्ता नायिकाहरु किन महिला केन्द्रित चलचित्रमा काम गर्नु हुँदैन भन्ने पत्रकारको प्रश्न थीयो उनले भनिन–‘दर्शकहरुलाई महिला केन्द्रित चलचित्र हेर्न मन नलागेर हुनसक्छ, यसैले पनि निर्माताले लगानी गर्न मान्नुहुँदैन।
२ बर्षसम्म यस्तै खालका चलचित्र कुरेर बस्दा चलचित्र नपाएको भन्दै मिडियामा खबर आउँदा महिला कलाकारलाई दबाब पर्छ।’उनले यो चलचित्र हेरेर बाहिर निस्कदा दर्शक आफ्नो भूमिका हेरेर खुशी हुने दाबी समेत गरिन् र आउँदो बर्षको जनैपूर्णिमामा यो चलचित्र रिलिज हुँदैछ।