मुम्बइ, २५ माघ– बलिउडका चर्चिच गायक सोनु निगम आइसियुमा भर्ना भएका छन्। उनलाई सी फूड खाएपछि गम्भीर एलर्जी हुँदा आइसियुमा भर्ना गर्नुपरेको हो। गयकलाई मुम्बइको नानावटी अस्पतालमा आइसीयुमा भर्ना गरिएको हो। अस्पतालमा दुई दिन रहेपछि अहिले भने उनी डिस्चार्ज भएका छन्।
सोनुले एक बान्द्रा कुर्ला कम्प्लेक्समा खाना खाएका थिए। यही खानाका कारण उनलाई एलर्जी भएको बताइएको छ। एलर्र्जीका कारण उनको अनुहार सुन्निएको थियो। एउटा आँखा सुनिएर बन्द नै भएको थियो। यनले आफ्नो फोटो ट्वीटरमा शेयर गर्दै यो कुराको जानकारी दिएका हुन्।
उनले आफूलाई सी फूडका कारण एलर्र्जी भएको भन्दै यसबाट बचेर रहन आग्रह पनि गरेका छन्।उनले एलर्र्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन्।
इन्स्टाग्राममा समेत आफ्नो एउटा फोटो सेयर गर्दै उनले लेखे, ‘म लगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले, कहिले, कहिले पनि नलिनुहोस। मेरो केसमा सी फूड।’ गायकको अहिल स्वास्थ्य स्थिती सुधारोन्मुख रहेको बताइएको छ। एजेन्सि