काठमाडौं– हामी शारीरिक स्वास्थ्यका लागि बिहान व्यायाम गर्छौं, योगा गर्छौं, ध्यान गर्छौं, वर्कआउट गर्छौं, शारीरिक काम गर्छौं, तर दिनभर निस्त्रिय बस्छौ, एकै थलोमा घण्टौ बिताउँछौ।
दिनभर कामको सिलसिलामा बसिरहँदा पनि उठ्ने, हिँड्ने गर्नुपर्छ। विभिन्न जर्नलमा प्रकाशित अध्ययनहरुका अनुसार उभिएमा शरीरको क्यालोरी बर्न हुन्छ। दैनिक आधा घण्टा हिड्नाले मुटु स्वस्थ रहने चिकित्सकहरुको भनाई छ।
रोगबाट बचाउँछ
यूरोपियन हार्ट जर्नलमा प्रकाशित प्रतिवेदनका अनुसार उभिनाले कोलेस्ट्रोलको स्तरमा सुधार आउन थाल्छ। मधुमेह तथा कोलेस्ट्रोल नियन्त्रित रहन्छ। दैनिक दुई घण्टा अतिरिक्त उभिन थाले तब मधुमेहको स्तर दुई प्रतिशत तथा मोटोपनाको स्तर एघार प्रतिशतसम्म कम हुनेछ।
उभिनाले क्यालोरी बर्न हुन्छ
उभिनाले शरीरको क्यालोरी बर्न हुने गर्छ। धेरै समय उभिदा खुट्टा, पेट र हिपको मांसपेशीको दरो एक्सरसाइज हुन्छ, जसले शरीरको फ्याट बर्न हुन्छ।
उभिनु र हिँड्नुमा धेरै फरक
अध्ययनहरुले जनाए अनुसार व्यक्तिले दिनमा एक घण्टा उभिएमा करिब एक सय ९० क्यालोरी बर्न हुन्छ। बसिरहँदा एक सय ३० क्यालोरीमात्र बर्न हुनेगर्छ। त्यति नै समय हिँडेमा शरीरमा तीन सय ३० क्यालोरीसम्म बर्न हुने गर्छ। यसको कमीलाई धेरैभन्दा धेरै समय उभिएर पनि पूर्ति गर्न सकिन्छ।
१६ पटक उभिन जरुरी
अफिसमा दिनमा कतिपटक सिटबाट उठ्नु हुन्छ ? एउटा व्यक्तिलाई दिनमा कम्तीमा प्रत्येक आधा घण्टामा करिब दश मिनेटकै लागि सिटबाट उठ्नुपर्छ। दिनमा १६ पटक उभिनएमा स्वास्थ्यकाे लागि फाइदाजनक हुन्छ।
व्यस्त जीवनशैलीमा उभिएरै शरीरको क्यालोरी बर्न गर्न चाहनुहुन्छ भने यी उपाय अपनाउन सक्नुहुन्छ।
– अफिसमा उभिएर काम गर्न सक्ने डेस्कको खोजी गर्ने र आठ घण्टाको सिफ्टमा कम्तीमा दुई घण्टा उभिएर काम गर्नुपर्छ।
– सम्भव भएसम्म मिटिङ्ग पनि हिँडेरै गर्नुपर्छ।
– उभिएर टिभी हेर्नु पनि शरीरको क्यालोरी बर्न गर्ने राम्रो उपाय हो।
– कति समय उभिने भन्नका लागि घडीमा टाइम सेट गर्ने वा अर्लाम लगाउने। यसले बेलाबेलामा उभिनु पर्छ भन्ने कुरा याद दिलाउँछ र शरीरको फ्याट बर्न गर्न सहयोग र्पुयाउँछ।