एजेन्सी – हामी सबैलाई थाहा छ मानिसको मृत्यु भए पछि फेरि जिवित हुन सक्दैनन्। कोही मरेको आठ घन्टापछि फेरि उठ्न सक्छ? उठ्न सक्दैन भन्ने सबैकाे जवाफ हुन्छ।
तर डेनमार्कमा एउटा अपत्यारिले घटना भएको छ। यो घटना हो डेनमार्कको एउटा स्कुलको। उक्त स्कुलकाे बच्चालाई चिकित्सकले क्लिनिकल्ली डेड अर्थात् मृत घोषणा गरेका थिए। तर, आठ घन्टापछि बच्चा फेरि ब्युँझिएका छन्।
स्राेतका अनुसार त्यो स्कुलका शिक्षकले १३ बच्चालाई लिएर एउटा भ्रमणमा निस्किएका थिए। उनीहरुले समुद्रमा यात्रा गरेका थिए। तर, उनीहरु चढेको पानीजहाज सयौँ किलोमिटर टाढा पुगेर पानी जमेको ठाउँमा अड्कियो। त्यहाँबाट केही बच्चाहरु पौडिएर फेरि जमिनमा फर्किए।
तर,एक बच्चा त्यहाँ नै फसेका थिए। उनीलाई हाइपोथर्मिया अर्थात् शरीरमा तापक्रम अत्यन्त कम भएको अवस्थामा भेटियो। त्यति बेला नै उनीको मृत्यु भएको मानियो। तर, आठघन्टा पनि उनी फेरि चलमलाए। यसलाई आश्चर्यका रुपमा हेरिएको छ। डेनमार्कमा ती बच्चा बाँचेको घटनाकाे सामाजिक सञ्जालमा व्यापक चर्चा भएको छ।