एजेन्सी – बलिउड नायक शाहरुख खानकी कजन बहिनी नूर जहांको मंगलबार निधन भएको छ। नूर जहांका कान्छा भाइ मंसूरले यो खबर पुष्टि गरेका हुन्। नूर जहां लामो समयदेखि क्यान्सबाट लडिरहेकी थिइन्।
जियो न्यूजसँग मंसूरले बहिनीको मृत्युको खबरको पुष्टि गर्दै नूर लामो समयदेखि क्यान्सरबाट पीडित भएको जानकारी दिए। स्मरण रहोस्, नूर शाहरुख खानको काकाकी छोरी हुन्। नूर जहाँ पाकिस्तानको पेशावरमा बस्ने गर्थिन्।
सन् २०१८ मा आम निर्वाचनमा उनले चुनाव लड्ने घोषणा गरेपछि उनी चर्चामा आएकी थिइन्। पछि उनले आफ्नो नाम फिर्ता लिएकी थिइन्। यसबाहेक नूर जहांको कुनै जानकारी सार्वजनिक भएको छैन।