काठमाडौं – नर्सिङ करिअरका क्रममा हामीले धेरै बिरामीसँग डिल गर्नुपर्ने हुन्छ। बिरामीका बारेमा जतिसुकै हामीले बुझे वा बुझ्ने प्रयत्न गरे पनि ड्युटीको क्रममा कतिपय बिरामीको कारण नर्सलाई असह्य हुन्छ।
तर जस्ता सुकै चुनौती भए पनि हाम्रो व्याबसायिक धर्मलाई बिर्सनु हुन्न। हामी जहिले पनि एउटा सम्मानित र व्याबसायिक स्वास्थ्य कार्यकर्ताको रुपमा रहनुपर्छ। बिरामीलाई थर्काउन वा आक्रोश पोख्न हामीलाई कुनै पनि अनुमति छैन्। बिरामीसँग डिल गर्दा जान्नुपर्ने कुराहरू।
बिरामी डिल गर्दा जान्नुपर्ने कुराहरू
१. राम्रो प्रभाव
परिचय दिनुहोस् र हात मिलाउन हात लम्काउनुहोस्। आँखा आँखाबिचको सम्पर्क निकै महत्वपूर्ण हुन्छ। यसले इमान्दारीता र खुलापनलाई व्यक्त गर्छ। आफ्नो आवाज भन्दा पनि इशाराले बिरामीलाई डिल गर्नुहोस्। जस्तोसुकै तनाबपूर्ण अवस्थामा आफूलाई सम्हाल्नुहोस्।
२. व्यक्तिगत आवेग
आफ्नो आवेग बारेमा सचेत हुनुहोस्। आफ्नो दायित्व बुझ्नुहोस्। काम गर्दा गहिरो स्वाश लिनुहोस। बिरामीसँग बिस्तारै र शान्तपूर्वक बोल्नुहोस्। आफ्नो बडी ल्यङगयुजबारे सोच्नुहोस। आशाबादी, शान्त र रचनात्मक हुनहोस्।
३. रिसाहा बिरामीसंग सिमामा रहनुहोस
आफूलाई मन नपर्ने बिरामीको स्वभावलाई स्पष्ट रुपमा व्याख्या गर्नुहोस र आदर माग गर्नुहोस्। कतिपय बिरामी यस्ता हुन्छन जसले अरुसँग गर्नुपर्ने सामान्य व्यावाहर र आदर देखाउन सक्दैनन्। उनीहरुबारे विशेष सचेत हुनुहोस्।
४. ध्यान दिएर सञ्चार गर्नुहोस
सहानूभति तरिकाले बिरामीका कुरा सुन्नुहोस्। बिरामीका एजेन्डा खोजी गर्नुहोस। बिरामीले भनेका कुरा राम्रोसँग सुनेर भावना बुझ्ने कोशिश गर्नुका साथै सम्भावित समाधानको खोजी गर्नुहोस्।
५. बिरामीको आवेगलाई नियन्त्रण र सहयोग गर्नुहोस
बिरामीसँग अनाबश्यक र्तक नगर्नुहोस्। बिरामीले आफ्नो कुरा सुनुन भन्ने चाहन्छन्। यस विषयमा पनि ख्याल गर्नुहाेस्।
६. कोठा छोड्नुहोस
बिरामीहरुसँग व्याबहार गर्दै हुनुहुन्छ र आफ्नो सुरक्षा खतरा देख्नुहुन्छ भने सेवा गरिरहेको कोठा छोडिदिनुहोस्। यस्तो अवस्थामा सहकर्मी, सुरक्षाकर्मी वा अस्पतालबाट सहयोग लिनुहोस्। आफूले सुरक्षा पाए भन्दैमा बिरामीलाई नधम्क्याउनुहोस्।