काठमाडौं– कलाकार विल्सन विक्रम राई अर्थात ‘तक्मे बुढा’ बाबु बनेका छन्। विल्सन पत्नी सरिना लामाले बुधबार छोरालाई जन्म दिएकी हुन्।
गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए। उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए। विल्सनले सामाजिक सञ्जालमार्फत तस्वीर शेयर गर्दै खुशी साटेका छन्।
विल्सन बाबु बनेकोमा अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन्। दयाहाङ राईले लेखेका छन्, ‘यसरी हाम्रो विल्सन बाउ बने, बधाई छ भाइबुहारीलाई अनि छोरालाई स्वागत।’ बुबा बनेपछि कलाकार तथा फ्यानले विल्सनलाई बधाई दिएका छन्।