एजेन्सी – पूर्व विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी छिन्। भारतीय सञ्चार माध्यम टाईम्स अफ ईण्डियाका अनुसार उनी बुधबार पार्टी प्रवेश गरेकी हुन्।
हरियाणामा जन्मिएकी २९ वर्षीय साइना सन् २०१५ मा ब्याडमिन्टनतर्फ विश्व नम्बर एक खेलाडी थिइन्। ब्याडमिन्टनमा २४ वटा अन्तर्राष्ट्रिय उपाधि जितेकी उनले राजीब गान्धी खेल रत्न पुरस्कार र अर्जुन अवार्ड समेत पाएकी छन्। उनले सन् २०१२ को लन्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्।
पार्टी प्रवेश गरेपछि साइनाले प्रधानमन्त्री नरेन्द्र मोदीको कामबाट प्रेरणा लिदै आफू देशका लागि केही गर्ने बताइन् । ‘मैले देशका लागि पदक जितेकी छु।’ उनले भनिन्, ‘म एक कडा मेहेनती हुँ र मलाई कडा मेहेनत गर्ने व्यक्ति मन पर्छ।
साइनाले तीन दिनअघि सम्पन्न थाइल्यान्ड मास्टर्स २०२० मा सहभागिता जनाएकी थिइन्। तर पहिलो चरणमै उनी पराजित भएकी थिइन्।