एजेन्सी– जन्मेदेखि नै बाबुआमाहरुले आफ्नो बच्चाको वृद्धिलाई उत्साह र व्यग्रतापूर्ण रुपमा हेरिरहेका हुन्छन्। बाबुआमाहरुलाई आफ्नो बच्चाको उचाई धेरै होस भन्ने चाहना हुन्छ। हामीले सामान्य विषयमा ध्यान पुर्याउन सक्यौं भने पनि बच्चाको उचाई बढ्छ।
यस्ता छन् बच्चाकाे उचाई बढाउने उपायहरू
१. खानामा प्रोटिन, आइरन, भिटामिन र क्याल्सियम तत्व सामेल गर्नुहोस्।
२. बालबालिकाहरु निद्रा पुग्ने गरी सुतेका छन् कि छैन ध्यान दिनुहोस्। बालबालिकाले कम्तीमा पनि १० देखि १२ घन्टा सुत्नु आवश्यक छ। आराम नगर्दा पनि बच्चाको हाइट ठीकसँग बढ्दैन।
३. बच्चालाई घरबाहिरको खेलमा प्रोत्साहित गर्नुपर्छ। खेलकूदबाट बच्चाको उचाइ बढ्न सहयोग पुग्दछ। दौडने, साइकल चलाउने र पौडी खेल्ने गर्नाले पनि हाइट बढ्छ।
४. बालबालिकालाई योगा गर्ने बानी लगाउनुहोस्। हाइट बढाउनका लागि दिनहुँ सूर्य नमस्कार योग गर्नु राम्रो हुन्छ।
५. बालबालिकालाई चिया, कफीको बानी पर्न नदिनुहाेस्। यी चीजमा क्याफिन हुन्छन्न जसले उचाई वृद्धिमा असर पर्छ। ८ देखि १० गिलास पानी पिउने बानी बसाल्न सिकाउनहोुस्।
६. बच्चाको तौल र हाइटबारे जानकारी लिइराख्नुहाेस्। बच्चाको विकासमा कुनै समस्या छ भने सुरुमै थाहा पाउँदा नियन्त्रण गर्न सजिलो हुन्छ।