एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २४/२६ मा भारत भ्रमण गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारमाध्यम डीएनएन इण्डियाले फेब्रुअरी २४ देखि २६ को बीचमा राष्ट्रपति ट्रम्प भारत भ्रमणमा निस्किने जनाएकाे छ।
तर, उनको भ्रमणको औपचारिक घोषणा भने भएको छैन। भारत अमेरिकाबीचको बहुप्रतिक्षित व्यापार सम्झौता भ्रमणको उच्च प्राथमिकतामा रहेको र सम्भवत दुईदेशबीचको व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। यस सम्झौताको विषयमा भारतमा महिनौंदेखि समझदारी भएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पको भारत भ्रमणका क्रममा अमेरिकी वाणिज्य मन्त्री पनि सहभागी जनाइएको छ। अमेरिकी सरकारी स्रोतका अनुसार ट्रम्पको भारत भ्रमणका क्रममा काश्मीरको विषयमा उठाइने छैन। स्रोतले वाशिङ्टनले भारतीय सार्वभौमको सम्मान गर्ने भएकोले काश्मीरको विषयमा उठाइने बताइएको छ।
भारतीय प्रधानमन्त्रीले अमेरिका भ्रमणका क्रममा मोदीलाई सम्बोधन गरेकै शैलीमा अमरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले अहेमदावालमा पुनर्निमाण भइरहेको मोटेरा क्रिकेट रंगशालाका हुने र्यालीलाई संयुक्त सम्बोधन गर्नेछन्।
सन् २०१७ मा मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निम्ति दिइएको थियो। उक्त निम्तो सन् २०१९ को अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले दोहोर्याएका थिए। यसअघि अन्तिम पटक सन् २०१५ मा अमेरिकी राष्ट्रपतिको हैसियतमा बाराक ओबामाले भारत भ्रमण गरेका थिए।